नियम
दर्ताको प्रमाणपत्र दिनु पर्ने
नियम ३ बमोजिम दर्ताको लागि परेको दरखास्त उपर सम्बन्धित कर अधिकृतले नियम ४ बमोजिम जाँचबुझ गरी दर्ता गर्न उपयुक्त हुने देखेमा दरखास्त परेको मितिले तीस दिनभित्र दरखास्तवालाले गरेको वा गर्न चाहेको कारोबारलाई दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।